साइबर ठगीको शिकार बने मालदाका एक व्यापारी

IMG-20240125-WA0212.jpg

मालदा। मालदाका एक व्यापारी साइबर ठगीको सिकार भएका छन्। प्यान कार्ड अपडेटको नाममा एक व्यावसायीको ब्याङ्क खाताबाट ६ लाख ५५ हजार रुपियाँ गायब भएको थियो भने थानामा यसको उजुरी गरिएपछि मालदा साइबर क्राइम स्टेशनका पुलिस अधिकारीले तुरुन्तै घटनाको अनुसन्धान सुरु गरे। अन्तत: विभिन्न श्रोतको खोजी गर्दै अनुसन्धानकर्ता पुलिस अधिकारीले व्यापारीबाट ५ लाख ५५ हजार रुपैयाँ बरामद गर्न सफल भएका छन्। तर, पुलिसले यो घटनामा ठगी गर्नेलाई पक्राउ गर्न सकेको छैन।
पुलिस सूत्रबाट जानकारी लागे अनुसार, ठगीबाट पीडित विमलकुमार दास इङ्गलिस बजार थाना अन्तर्गत रवीन्द्र एभिन्यू इलाकाका निवासी हुन्। उनको व्यक्तिगत ब्याङ्क खाताबाट ६ लाख ५५ हजार रुपैयाँ ठगी गरिएको आरोप छ। साइबर क्राइम पुलिस स्टेशनमा दिएको उजुरीमा विमलले एक साताअघि अपरिचित नम्बरबाट फोन आएर आफूलाई निजी ब्याङ्कको प्रबन्धक भएको परिचय दिएको बताए। यसपछि ठगीले आफ्नो उक्त ब्याङ्क खातामा प्यान कार्ड अपडेट गर्नुपर्ने बताएर त्यसै अनुरुप आफूले सबै जानकारी दिएपछि अचानक उक्त खाताबाट ६ लाख ५५ हजार रुपैयाँ गायब भएको बताए। पुलिस अनुसार उजुरीका आधारमा विभिन्न स्रोतबाट अनुसन्धान सुरु गरिएको थियो। पछि यो घटनामा झारखण्डका एक ठगीको संलग्नता रहेको र धेरै खातामा पैसा ट्रान्सफर भएको खुलासा भयो। त्यसपछि पुलिसले अनुसन्धान गर्दा व्यापारीको विभिन्न खाताबाट ५ लाख ५५ हजार रुपियाँ बरामद गर्न सफल भएको थियो। पछि बिहीबार निर्देशन अनुसार घाटामा रहेको व्यवसायलाई ५ लाख ५५ हजार रुपियाँ दिने व्यवस्था गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement