राजगञ्जमा रम-रक्सीविरुद्ध प्रमिला वाहिनी तथा पुलिसको अभियान

7939419a-7d79-4dfb-8925-cba2330be6fe-1024x576.jpg

राजगञ्ज: रम-रक्सीको बिक्री रोक्ने उद्देश्य लिएर प्रमिला वाहिनीले पुलिसलाई साथमा लिएर अभियान चलायो। उक्त घटना राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत शिमुलबारी इलाकाको हो। आरोप अनुसार शिमुलबारी इलाकाको केही घरहरू गैर कानुनी रूपमा रम-रक्सी बिक्री गरिरहेको छ। यसैले प्रमिला वाहिनीले आज दिउँसो भोरेर आलो थानाका पुलिसलाई साथमा लिएर इलाकामा विभिन्न घरहरूमा अभियान चलायो। तथापि, अभियान अवधि रम-रक्सी उद्धार गरिएन। स्थानीय महिलाहरूको आरोप अनुसार केही दिनदेखि उक्त इलाकाको धेरैवटा घरमा रम-रक्सी बिक्री भइरहेको छ। उक्त रम-रक्सी खाएर प्रत्येक दिन इलाकामा अशान्ति हुने गर्दछ। यहाँसम्म कि ससाना नानीहरू पनि रक्सीको लतमा फँसेका छन्। यसैले गर्दा आज रम-रक्सी बिक्री विरुद्ध अभियान चलाएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement