सिलगढी: गणतन्त्र दिवसलाई केन्द्र गरेर देशभरिमै कठोर सुरक्षा व्यवस्था अप्नाइरहेको छ। यसै क्रममा सिलगढी मेट्रोपोलिटन पुलिस पनि सतर्कताको साथमा शहरमा कठोर सुरक्षा व्यवस्था अप्नाइरहेको छ। अर्कोतिर, जीआरपी तथा आरपीएफले रेलवे स्टेशनहरूमा विशेष सुरक्षा बढाएको छ। स्टेशनमा आउने यात्री तथा ट्रेनहरूमा जीआरपी तथा आरपीएफले विशेष नजर राखिरहेको छ। सिलगढी जङ्क्शन रेलवे स्टेशनमा जीआरपी तथा आरपीएफको तर्फबाट आज जाँच अभियान चलायो। जीआरपी तथा आरपीएफको टीमले ट्रेन सहित यात्रीहरूको ब्यागको मेटल डिटेक्टरको सहयोगमा चेकिङ गरिरहेको छ।








