नवन्नबाट पार्थ च्याटर्जीको नेमप्लेट हटाइयो

कोलकाता: नवन्नबाट पार्थ च्याटर्जीको नाम भएको बोर्ड हटाइयो। उनलाई बिहीबार मुख्यमन्त्री ममता ब्यानर्जीले क्याबिनेटबाट बर्खास्त गरेकी हुन्। त्यसपछि पार्थको नाम नवान्नमा लेखिएको बोर्ड हटाएको देखियो। पार्थ च्याटर्जीको कार्यालय नवन्नको दोस्रो तलामा थियो। पार्थको नेमप्लेट कोठाबाहिर राखिएको थियो।

टीएमसीले शिक्षक भर्ती घोटालाको जाँच कार्य अवधिमा पक्रा परेका पार्थ च्याटर्जीविरुद्ध कडा कारबाही गरेको छ। आज उनलाई मन्त्री पदबाट हटाइयो। यस पछि उनलाई सबै पार्टी पदहरूबाट हटाइयो र अनुसन्धान जारी नभएसम्म पाटीबाट निलम्बित गरिएको छl टीएमसी नेता एवं सांसद अभिषेक ब्यानर्जीले कोलकातामा यो जानकारी दिए। उनले पार्थ च्याटर्जीलाई टीएमसीबाट महासचिव, राष्ट्रिय उपाध्यक्ष र अन्य तीन पदबाट हटाएको बताए। अनुसन्धान जारी रहुन्जेलसम्म उनलाई निलम्बन गरिएको छ। दोषी प्रमाणित नभए फिर्ता आउन सक्छ भनिएको छ।

अभिषेक ब्यानर्जीले पार्थ च्याटर्जीलाई मन्त्री पदबाट हटाउने निर्णय मुख्यमन्त्री ममता ब्यानर्जीले लिएको बताए। यस विषयमा अनुसन्धान जारी छ। ‘यदि कसैले गल्ती गर्छ भने टीएमसीले उसलाई छोड्दैन। भ्रष्टाचारमा शून्य सहनशीलता रहनेछ। अनुसन्धान एजेन्सीले समयसीमाभित्र अनुसन्धान पूरा गर्नुपर्छ। शारदा प्रकरणमा पनि केही भएन, झुन्डिएको मात्रै छ। समयमै छानबिन हुनुपर्छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement