एक अप्रेलदेखि एम्समा मात्र अनलाइन पेमेन्ट हुने

IMG-20240125-WA0225.jpg

नयाँ दिल्ली: अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)-मा आगामी एक अप्रेलदेखि अनलाइनको माध्यमबाट मात्र भुक्तान हुनेछ। पछिल्लो समयमा रोगीहरूको अन्तिम डिस्चार्ज बिलमा अधिक शुल्क असुल गरेको सिकायत आएपछि एम्स निदेशकले यो निर्देश जारी गरेका छन्।

एम्स निदेशक डा. एम श्रीनिवासले एम्स स्मार्ट कार्डलाई आगामी ३१ मार्चसम्म सबै प्रकारका भुक्तानहरूको लागि एम्स नयाँ दिल्लीमा शुरू गर्ने निर्देश दिएका छन्। काउण्टरमा कुनै नगद भुक्तानलाई स्वीकार गरिनेछैन। एम्स स्मार्ट कार्ड टपअप काउण्टर ओपीडी, अस्पताल अनि केन्द्रभित्रका कतिपय स्थानहरूमा सञ्चालित हुनेछ।

यूपीआई, डेबिट कार्ड, क्रेडिट कार्ड आदिको माध्यमबाट इलेक्ट्रनिक भुक्तान बाहेक एम्स स्मार्ट कार्ड सबै जाँच एवं प्रक्रियाहरूको लागि भुक्तानको एउटा माध्यम हो। एम्सले पछिल्लो वर्ष अप्रेलदेखि पायलट प्रोजेक्ट अन्तर्गत एसबीआई ब्याङ्कको सहयोगमा एम्स स्मार्ट कार्डको सुविधा शुरू गरेको थियो। यसको सहयोगबाट विभिन्न जाँच, खाजा एवं भोजन सहित सबै स्थानमा भुक्तान गरिँदैछ। यसको सम्पूर्ण रेकर्ड रहन्छ जसको अडिट गर्न सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement