दार्जीलिङ: जीटीए एक्ट २०११ को धारा ३४(२) मा जीटीएलाई क्षेत्रमा जिल्ला परिषद स्थापित नभइन्जेलसम्म जिल्ला परिषदको भूमिका निर्वाह गर्ने शक्ति प्रदान गरिएको छ। यही प्रावधानको उपयोग गर्दै राज्य सरकारले केन्द्रका पञ्चायती राजका मन्त्रालयलाई पञ्चायती राजमा आउने रकम जीटीएमार्फत् प्रयोग गर्न पत्राचार गरेको थियो। २२ जनवरी २०२४ को दिन पञ्चायतीराज मन्त्रालय, भारत सरकारले १५औं फाइनान्स कमिसनमार्फत् जीटीए क्षेत्रका पञ्चायत क्षेत्रमा आएको रकमलाई जीटीएमार्फत चलाउने अनुमति दिएको छ। साधारण भाषामा भन्नु हो भने जीटीए क्षेत्रमा जिल्ला परिषदको भूमिका जीटीएले निर्वाह गर्नेछ।










