भाजयुमोद्वारा खरसाङमा राष्ट्रिय मतदाता दिवस पालन

IMG-20240125-WA0216.jpg

खरसाङ: आज राष्ट्रिय मतदाता दिवसको अवसरमा भाजपा युवा मोर्चा दार्जीलिङ जिल्ला समितिद्वारा खरसाङमा एक कार्यक्रम अायोजना गरी पालन गरेको छ। राष्ट्रव्यापी कार्यक्रम नव जागरण मतदाता सम्मेलनमा आज प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पहाड क्षेत्रको नव मतदातारुलाई पनि सम्बोधन गरेका छन्। यता भाजयुमोद्वारा खरसाङको गोर्खा पुस्तकालयमा सम्पन्न भएको उक्त कार्यक्रमलाई अशेष राईले सञ्चालन गरेका थिए भने मुख्य अतिथिको रूपमा एलेम लामा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा भाजपा जिल्ला सचिव सोनाम लामाको उपस्थिति रहेको थियो। भाजयुमो दार्जीलिङ जिल्ला समितिद्वारा आयोजित उक्त कार्यकममा भाजयुमो जिल्ला अध्यक्ष निरज राई, उपाध्यक्ष सन्दीप लखोटिया, महासचिव सिध्दार्थ अधिकारी, बिनय प्रसाद लगायत भाजयुमो पदधिकारीहरू लगायत पहाडको विभिन्न क्षेत्रको नव मतदाताहरु सामेल रहेका थिए। कार्यक्रम विषयमा भाजयुमोको दार्जीलिङ जिल्ला सभापति निरज राईले पत्रकारहरूसित कुरारानी गर्दै विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement