जीटीएको लागि आफ्नै एसएससी पाएको छ

IMG-20240125-WA0219.jpg

क्षेत्रको निम्ति एसएससी स्थापना हुनु ऐतिहासिक क्षण हो: अनित थापा

दार्जीलिङ: जीटीए क्षेत्रको निम्ति अलग्गै क्षेत्रीय विद्यालय सेवा आयोग (Regional School Service Commission) को गठन गरिएको भागोप्रमोले जानकारी गराएकोछ। उक्त नयाँ कमिसनका पहिलो अध्यक्ष बिजयकुमार राई बनेको पनि जनाएको छ। पश्चिम बंगाल विद्यालय सेवा आयोग अधिनियम, १९९७ (१९९७ को पश्चिम बंगाल अधिनियम IV) को ३(५) को आधारमा पहाडी क्षेत्रको निम्ति अलग्गै क्षेत्रीय विद्यालय सेवा आयोग (Regional School Service Commission) को गठन भएको अधिसूचना पश्चिम बंगाल सरकार, स्कूल शिक्षा विभागले जारी गरेको छ। (सूचना नम्बर: १०४/१(२३)/एसयी/एसयीएड-१५०९९/७२/२०२३, मिति: २४/०१/२०२४) कमिसनको सञ्चालन गर्न निम्न सदस्यहरूलाई तत्काल नियुक्ति दिइएको छ। सदस्यहरूको सदस्यताको मियाद २४ जनवरी २०२८ सम्म रहेको छ। उक्त कमिशनमा बिजयकुमार राई, अध्यक्ष सेवानिवृत्त सहायक मास्टर इन्चार्ज, पश्चिम बंगाल (उप-आदेश) शिक्षा सेवा, थेण्डुप छिरिङ भुटिया, सदस्य, सेवानिवृत्त डब्ल्यूबीसीएस (पूर्व) अधिकारी, तारा लोहार लेप्चा, अल्पसंख्यक सदस्यको रूपमा, सेवानिवृत्त सहयोगी प्राध्यापक, खरसाङ कलेज, डा. अनुराधा राई, सदस्य, साउथफिल्ड कलेज, दार्जिलिङका प्रचार्य, डा समीर बल, सदस्य, प्राचार्य, खरसाङ कलेज, खरसाङ, डा. साङ्मु लेप्चा, सदस्य, बार्नेसबर्ग उच्च माध्यमिक विद्यालय, दार्जिलिङका सेवानिवृत्त प्रधानाध्यापक, नवरत्न प्रधान, सदस्य, स्कटिश युनिभर्सिटी मिसन इन्स्टिच्युट, कालेबुङका सेवानिवृत्त प्राचार्य आदि रहेका छन्। यस विषयमा भागोप्रमो अध्यक्ष एंव जीटीएको प्रमुख कार्यपाल अनित थापाले प्केस विज्ञाप्ति जारी गर्दै भने, ‘कर्म नै हाम्रो सिद्धान्त ‘बीजीपीएम – को सैद्धान्तिक विचारधारा हो। हामी व्यावहारिक राजनीति गर्छौ। हामी उपलब्धिको राजनीति गर्छौ। जुन दिन हामीलाई जनताले जीटीएको व्यवस्था सम्हाल्न लालकोठी पुर्यायो त्यही दिनदेखि हामीले चुनाव समय दिएका वचनहरूमाथि काम गर्नु थाल्यौं।’
उनले अघि भने, मैले बारम्बार व्यवस्थामा सिस्टम ठीक गर्नुपर्छ भने भाषणमा बोले, हरेक विभागीय बैठकमा मुद्दा उठाए। जीटीए क्षेत्रमा कुनै पनि शिक्षकको नियुक्ति गर्ने कुनै सिस्टम नै छैन। त्यसैले शिक्षित भाई बहिनीहरू कि त पलायन हुन्छन् या त निजी व्यवसायमा लाग्छन। धेरै शिक्षित युवाहरु आज पनि बेरोजगार भएर रहेका छन्। शिक्षा क्षेत्र हाम्रो प्राथमिकता रहेको थियो। शिक्षा व्यवस्थाको सिस्टम ठीक गर्नु मेरो उद्देश्य रहेको थियो। सिस्टम स्थापना गर्ने प्रक्रियामा मैले धेरै बाधा पनि खप्नु पर्यो। तर म अटल भएर आफ्नो उद्देश्यको पछि लागि रहे। मैले हार मानिन। त्यही निरन्तर प्रयासको कारण आज जीटीएले आफ्नै रिजनल स्कूल सर्विस कमिसन (Regional SSC)पाएको खुशीको खबर म सबैलाई दिनु चाहान्छु।’
जीटीए चिफ् अनित थपाले क्षेत्रीय एसएससी पाउनु पहाडको निम्ति ऐतिहासीक क्षण हो भनी बताएका छन्। उनले यसबारेमा भने, एसएससी स्थापना भएको छ। यो हो हाम्रो उपलब्धि। शिक्षित अनि योग्य युवाहरुले अब आफ्नो भविष्य यही पहाडमा कोर्न सक्नेछन्। शिक्षा क्षेत्रमा रोजगारको मौका यहि पहाडमा पाउनेछन्। सबैलाई म शुभकामना साथै बधाई दिनु चाहन्छु।’
उनले अझ भने, म बधाई दिन्छु रिजनल एसएससी- का पहिलो टिमलाई। बिजय कुमार राईको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको छ। उहाँहरूले जीटीए एक्टको प्रावधान अनुसार पहाडको शिक्षा व्यवस्थालाई ठीक पार्न कार्य गर्नेछन् भन्ने मैले आशा गरेको छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement