बिहान ६ बजीदेखि राति १० बजीसम्म श्रद्धालुहरूले रामललाको दर्शन गर्न सक्ने

ram-mandir_0.jpg

अयोध्या: श्रीराम जन्मभूमि मन्दिरमा रामललाको प्राण प्रतिष्ठापछि गत दुई दिनमा दश लाखभन्दा धेरै श्रद्धालुहरूले दर्शन गरेका छन्। दर्शनको निम्ति आइरहेका भक्तहरूको भीडलाई ध्यानमा राख्दै बिहिवारदेखि श्री रामजन्मभूमि तीर्थ क्षेत्रले अब बिहान ६ बजीदेखि राति १० बजीसम्म रामललाको दर्शन गर्ने समय निर्धारित गरेको छ।

अब राति १० बजीसम्म निरन्तर रामललाको दरबार राम भक्तहरूको निम्ति खुल्ला रहनेछ। श्रद्धालुहरूलाई सुविधापूर्वक दर्शन गराउन सुरक्षाकर्मीहरूले रामललाको परिसरमा मानव श्रृंखला बनाएर राम भक्तहरूलाई प्रवेश गराइरहेका छन्। बिहिवार दर्शनपछि रामभक्तहरू निकै उत्साहित देखिए।

मन्दिरसहित सम्पूर्ण प्रांगणमा जय श्रीरामको नारा गुन्जयमान छ। आज बिहान १० बजीसम्म दुई लाख श्रद्धालुहरूले दर्शन गरेको बताइएको छ। जिल्ला अधिकारी नीतीश कुमारले भने, अग्रिम निर्देशसम्म अहिले रामललाको दर्शन राति १० बजीसम्म गराइॅंदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement