फापरी सामूहिक बलात्कारका आरोपी ५ दिनको रिमान्डमा

IMG-20240125-WA0198.jpg

सिलगढी। फापरी सामूहिक बलात्कारका अभियुक्तलाई पुलिसले अदालतमा पेश गरी ५ दिनको रिमान्डमा लिएको छ। उल्लेखनीय छ, गत २१ जनवरीको राति फापरी निवासी कृष्णमाया स्कुलकी पूर्व छात्रालाई ५ जना दुषकर्मीहरुले घरभित्र पसेर सामूहिक दुष्कर्म रचाएर भिडियो बनाएको थियो। घरमा एक्लै युवतीलाई उक्त ५ जना दुषकर्मीहरु पस्दा युवतीको पिता नाइट गार्डको ड्युटी गएको थियो। दुषकर्मीहरुले पहिले रक्सी पिएर पीडितालाई दुष्कर्म रचाएको आरोप छ। घटना थाह पाएर गाउँलेहरुले तीनजना अभियुक्तलाई समातेका थिए भने दुईजना भाग्न सफल भएका थिए। गाउँलेहरुले तीनै अभियुक्तलाई पुलिस समक्ष सुम्पिएको थियो। आसीघर थानाको पुलिसबलले तीनै जनालाई पक्राउ गरी जलपाइगढी अदालतमा पठाएको थियो। पुलिस सुत्रले जनाए अनुसार, आरोपीहरुलाई लाई ५ दिनको पुलिस हिरासतमा राखिएको छ। पक्राउ पर्नेमा सञ्जय रोय, दुर्लभ रोय र गोपाल रोय रहेका छन् भने बाँकी आरोपीहरुलाई पक्राउ गर्ने प्रयास भइरहेको पुलिसले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement