राजगञ्ज: कामतापुरी राज्य तथा भाषाको लागि भएको आन्दोलनमा सहिद भएका जगदीश चन्द्र राय र गजन रायको स्मरणमा आज साहुडाङ्गी सहिद वेदी समितिले सहिद दिवस पालन गर्यो। आज राजगञ्ज ब्लकको साहुडाङ्गी मोड तथा जगदीश कोलनीस्थित सहिद वेदीमा माल्यार्पण गरेर सहिद दिवस पालन गरियो। स्मरण रहोस्, २५ जनवरी १९८७-मा कामतापुरी राज्य तथा भाषाको मागमा आलताग्राम स्टेसनमा रेल रोको कार्यक्रम गरिएको थियो। त्यस समय आन्दोलनकारीहरूमाथि गोली चलाउँदा साहुडाङ्गीका जगदीश चन्द्र राय र धुपगढीका गजन रायको मृत्यु भएको थियो। यसैले प्रत्येक वर्ष २५ जनवरी आजकै दिन ती दुईजना सहिदलाई स्मरण गर्दै सहिद दिवस पालन गर्दै आइरहेको छ।









