कोचबिहार: राहुल गाँधीको भारत जोडो न्याय यात्रा बङ्गालमा प्रवेश गरेको छ। भारत जोडो न्याय यात्रा कोचबिहार जिल्लाको असम-बङ्गाल सिमानाको बक्सिरहाट जोडाइमोड हुँदै बङ्गालमा प्रवेश गरेको छ। उक्त यात्रामा राज्य कङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधुरी, असम राज्य कङ्ग्रेस अध्यक्ष लगायत जिल्ला तथा राज्यका नेतृत्वहरू उपस्थित थिए।
								



								

															
                    


