नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

Screenshot_20240125_143801_Dailyhunt.jpg

काठमाडौं: नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ललितपुरको सातदोबाटो र भैंसेपाटीमा बिहीबारदेखि नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ। बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका थिए।
कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement