गृह लाज्य मन्त्री निसिथ प्रमाणिकले पाए ठूलो राहत

IMG-20240125-WA0187.jpg

२०१८ को गोलीकान्डमा पाए जमानत

जलपाइगढी। विगत २०१८ सालको कोचबिहार दिनहाटामा भएको गोलीकान्डको मामिलामा वर्तमान गृह राज्य मन्त्री निसिथ प्रमाणिकलाई अदालतले ठूलो राहत दिएका छन्। उपरोक्त मामिलामा अन्ततः उनले जमानत पाएता पनि तल्लो अदालतमा तिनले आत्मसमर्पण गर्नु पर्नेछ। स्मरण गराईन्छ, विगत २०१८ सालको दिनहाटा गोलीकान्डमा तल्लो अदालतले केन्द्रिय गृह राज्य मन्त्री निसिथ प्रमाणिक विरुद्ध तल्लो अदालतले पक्राउ वारन्ट जारी गरेको थियो।उक्त मामिलाको सुनवाई सर्किट बेन्चमा भइरहेको छ भने सो मामिलामा सर्वोच्चमा पेश भएको थियो। सर्वोच्चले मामिलाको सुनवाई कलकत्ता हाईकोर्टको जलपाइगढी सर्किट बेन्चमा गर्ने आदेश दिएको थियो। यसै क्रममा आज जलपाइगढी सर्किट बेन्चको डिभिजन बेन्चले जमानत अर्जी स्वीकार गरे। यद्यपि १५ दिनभित्र तिनले तल्लो अदालतमा समर्पण गर्नु पर्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement