नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,५०,२४,७३५ पुगेकाे छ। देशमा हालसम्म कोरोनाभाइरस उप-विविध जेएन.१(JN.1) को कुल १,६४० मामिला दर्ता भएका छन्। विगत २४ घण्टामा कोरोनाले महाराष्ट्रमा १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३३,४४३ पुगेको छ। यसरी नै यस अवधिमा २७६ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,८९,६१८ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेर १,६७४ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ११,८३८ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,५८,९१,३३३ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टभमा १०८ जनाले कोरोना खोप लगाउनको साथ कुल २,२०,६७,८५,१०३ जनाले यो खोप लगाइसकेको छन्।