“प्रतिभा खोज प्रतियोगिता” का विजेताहरूलाई पुरस्कृत गरियो

IMG-20240125-WA0163.jpg

जलपाइगढी। मेघा एजुकेशनल ट्रष्टले गत १६ र १७ दिसम्बरको दिन “मेघा अन्वेषण प्रतियोगिता” अर्थात् प्रतिभा खोज प्रतियोगिता आयोजना गरेको थियो। यस परीक्षामा जलपाइगढी, मैनागुडी र सिलगढीका विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। परीक्षा दुई केन्द्रहरू, जलपाईगुडी नेक्स्ट जेन पब्लिक स्कूल र फुलबारी, सिलगढीको एउटा स्कूलमा सञ्चालन गरिएको थियो। उक्त प्रतिभा खोज प्रतियोगिताको पुरस्कार वितरण समारोहमा आज जलपाइगढी विधायक डा. प्रदीप कुमार वर्मा र सदर बीडीओ मिहिर कर्माकर विशेष अतिथिको रूपमा उपस्थित थिए। प्रथम आएका २० जनालाई प्रमाणपत्रसहित प्रत्येक विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement