समलिंगी विवाहले मालदा जिल्लामा सनसनी

IMG-20240125-WA0154.jpg

मालदा। दुई केटीको मित्रता प्रेममा परिणत भएर विवाहमा परिणत भएपछि यी दुई युवती जोडीको समलिंगी विवाहले सनसनी मच्चिएको छ। घटना हो मालदा जिल्लाको हन्टा कालीबारी मन्दिरको। दुई युवतीले आपसमा विवाह गरिन्। उक्त मन्दिरमा पोपी मण्डल र प्रतिमा विश्वासले एकअर्कालाई माला लगाएर सिन्दूर लगाएर एकसाथ सँगै बाँच्ने र मर्ने कसम खाइन्। पश्चिम बंगालको मालदामा दुई युवतीको यो समलिङ्गी विवाह अहिले चर्चाको विषय बनेको छ। आकस्मात सुन्नेलाई यो पत्यार नलाग्न सक्छ तर यो सत्य घटना हो। मालदा सहरको इङ्गलिस बजारस्थित मेडिकल कलेज छेउमा रहेको हन्टा कालीबारी मन्दिरमा दुई युवतीले एकअर्कालाई माला लगाएर सिन्दुर दान दिएर प्रेम विवाह गर्दा यो घटनालाई हेर्न धेरै मानिसहरू त्यस क्षेत्रमा भेला भएका थिए। मालदाको इङ्गलिस बजार सहरस्थित मेडिकल कलेज नजिकै रहेको हन्ता कालीबारीमा समलिङ्गी विवाहको घटनालाई लिएर कौतुहलताको वातावरण देखिएको छ। स्थानीय सुत्रबाट थाह लागे अनुसार पोपी मण्डलको घर बामनगोला थानाको नालागोला क्षेत्रमा रहेको छ भने प्रतिमा विश्वास कालियाचक निवासी हुन्। दुई समलैंगिक महिलाको मोबाइल फोनमा लामो समयदेखिको मित्रता रहेको थियो जुन पछि प्रेममा परिणत भएको थियो। मालदा इङ्गलिस बजार सहर बुधबार राति दुई समलैंगिक महिलाको विवाहलाई लिएर निकै चर्चाको विषय बनेको थियो भने यो घटना सार्वजनिक हुनसाथ ठूलो सनसनी मच्चिएको छ। दुवै महिलाका अनुसार उनीहरु लामो समयदेखि प्रेमको बन्धनमा बाँधिएका थिए र परिवारले साथ नदिएपछि घरबाट भागेर काली मन्दिरमा बिहे गरेकी थिईन्। दुवै महिलाले उनीहरू सामाजिक आलोचनादेखि नडराएकी र अन्ततः उनीहरुको मायाले जीत हासिल गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement