जाडोको प्रकोप रोकिएको छैन

IMG-20240125-WA0139.jpg

जलपाईगुडी जिल्लामा बाक्लो कुहिरो

जलपाइगढी। उत्तरबंगालमा कडा चिसो जारी छ। बाक्लो कुहिरोले गर्दा मानिसहरूलाई घरबाट बाहिर निस्कन गाह्रो भएको देखिएको छ। बिहीबार बिहानैदेखि जलपाइगढीमावबाक्लो कुहिरोले ढाकेको थियो। जलपाइगढीको न्यूनतम तापक्रम विगत केही दिनदेखि ७ देखि ८ डिग्रीको आसपास रहेको छ भने माघे पूर्णिमाको दिन जिल्लाभरी कुहिरो लागेको देखियो। रातिदेखि विहानसम्म नै कुहिरोको तीव्रता बढेको थियो।

सडकमा हेडलाइट बालेर वाहनहरु गुडिरहेका छन् भने सडकमा चल्ने सवारी चालकदेखि सर्वसाधारणसम्म सबैले समस्या भोग्नु बाध्य भएको छ। बाक्लो कुहिरोसँगै चिसो हावा पनि चलिरहेकोले चिसो बढेर गएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *