शहीद परिवारको घरमा पुगे सभासद सन्दीप छेत्री

दार्जीलिङ: गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आफ्नो प्राणाहुति दिने बीर-बिरंगणा शहिदहरूको घरमा पुगी शहीद परिवारलाई भेटवार्ता कार्यक्रम चुङथुङ मेरीबुङ तामसाङ समष्टि सभासद सन्दीप छेत्रीले गरेका छन्।

सभासद छेत्रीले शहीद दिवसमा शहीद परिवारलाई भेट गरि शहीद परिवारलाई सम्मान जनाए, शहीद परिवारले भोगी रहेको समस्या बारे जानकारी लिए। आजको यस भेटवार्ता कार्यक्रममा समष्टि युवा शक्ति अध्यक्ष सर्जु छेत्री, कार्यकारी अध्यक्ष सुन्दर राई, दार्जीलिङ महकुमा समिति युवा शक्ति अध्यक्ष अरूण छेत्री, महकुमा समिति सदस्य ललित तामङ, युवा नेता आनन्द राई, बिक्की तामङ आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement