नयाँ दिल्ली: राष्ट्रपति दौपदी मूर्मूले बुधवार नयाँ दिल्लीमा कौशल विकास र उद्यमिता मन्त्रालयको एक नयाँ भवन कौशल भवनको उद्घाटन गरिन्।
यस अवसरमा राष्ट्रपतिले सरकारा विभिन्न पहलहरू जस्तै पीएम विश्वकर्मा, पीएम जनमन, आजीविका संवर्धनको निम्ति कौशल अधिग्रहण र ज्ञान जागरूकता (संकल्प) र प्रधानमन्त्री कौशल विकास योजना (पीएमकेवीवाई) का लाभार्थीहरूद्वारा स्थापित प्रदर्शनी स्टलहरूलाई हेरिन् औं उनीहरूसित कुराकानी गरिन्।
कौशल भवनको आधारशिला मार्च २०१९ मा राखिएको थियो। मन्त्रालयका साथै यसको सहयोगी संगठनहरू- प्रशिक्षण महानिदेशालय, राष्ट्रिय व्यावसायिक शिक्षा र प्रशिक्षण परिषद र राष्ट्रिय कौशल विकास निगमको निम्ति कार्यालय स्थान प्रदान गर्नेछ। आधुनिक सुविधाहरू र बुनियादी ढांचाले सुसज्जित यो अत्याधुनिक कार्यालय भवन नयाँ कार्य संस्कृतिको शुरूआत गर्ने र कौशल भारत मिशनलाई गति दिनका लागि एक सुरक्षित, सुविधाजनक र कुशल कार्य वातावरण प्रदान गर्ने उद्देश्यले बनाइएको छ।










