एसकेएम सरकार नशालु पदार्थ रोकथाम र नियन्त्रणमा असफलः एसडीएफ

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले राज्यमा नशालु पदार्थको सेवन अत्यन्त व्यापक हुँदै गइरहेको बताएको छ। शहरी क्षेत्र मात्र होइन, ग्रामीण क्षेत्र पनि लागु पदार्थ दुर्व्यसनको शिकार हुँदै गइरहेको अवस्था दिनदिनै बढ्दो क्रममा छ, तर एसकेएम सरकार समाजको यो दुर्दशामाथि रत्ति भर पनि चिन्तित देखिँदैन भनी एसडीएफले आरोप लगाएको छ।

एसडीएफले एसकेएम सरकार नशालु पदार्थ रोकथाम र नियन्त्रणमा असफल रहेको प्रष्ट भएको बताएको छ।

एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, ‘हालै दक्षिण सिक्किमको नाम्ची जिल्लाको जोरथाङ बजारमा एकजना सामाजिक कार्यकर्ता सुश्री कुमारी माझीमाथि असामाजिक तत्वहरूले प्राणघातक आक्रमण गरेको घटनाको एसडीएफ पार्टी घोर भर्त्सना र निन्दा गर्दछ। एसडीएफ पार्टी समाजमा नारी जातिले समान हक र अधिकार सँगसँगै स्वतन्त्र रूपमा बाँच्न र दैनिक गतिविधि सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण सिर्जना गर्न सरकारसित माग गर्दछ।’

एसडीएफले यस्ता नशाखोरी असामाजिक तत्वहरूलाई चिन्हित गरी उनीहरूको पुनर्वासको व्यवस्था गर्न माग गरेको छ। कुमारी माझीमाथि भएको आक्रमणले वर्तमान समयमा सिक्किममा नारी जातिको स्थिति राम्रो छैन भन्ने प्रमाणित गर्दछ भनी एसडीएफले विज्ञप्तिमा बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement