गान्तोक: राष्ट्रिय स्तरको स्कूल ब्याण्ड कम्पिटीशन २०२३-२४ मा वेस्ट पोइन्ट सरकारी उच्चतर माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गर्न सफल बनेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङले बधाई दिएका छन्।
उक्त प्रतियोगिता नयॉं दिल्लीको मेजर ध्यानचन्द नेशनल स्टेडियममा आयोजना भएको थियो।
मुख्यमन्त्रीले स्कूलका शिक्षक र मेन्टरहरूको सराहना गरेका छन् जसको मार्गदर्शनले विद्यार्थीहरूको जीत सुनिश्चित गर्न सक्यो। मुख्यमन्त्रीले भनेका छन्, यो सराहनीय उपलब्धिले विद्यार्थीहरूको समर्पण र प्रतिभालाई दर्साउॅंछ।