सिलगढी: सिलगढीसँग जोडिएको डाबग्रामको फुलबारी क्षेत्रमा रहेको साहुडांगी श्मशान गृहमा मंगलबार राति करिब ८ बजे अचानक आगलागी भयो। आगोले यति भयावह रुप लिंदा दाहसंस्कार गर्न आएका आफन्त शव राखेर भाग्न थाले। साहुडांगी श्मशानस्थलको विद्युतीय भट्टीबाट भवनमा आगलागी भएको समाचार छ। बिहानैदेखि यस शवदाह स्थलको विद्युतीय भट्टीमा एकपछि अर्को गरी शवको दाहसंस्कार भइरहेको थियोl त्यसैबेला श्मशान स्थलमा आएका मानिसहरुका अनुसार विद्युतीय भट्टीबाट भवनमा आगो लागेको थियो। यो खबर फैलिने बित्तिकै श्मशानस्थलमा आगलागी हुँदा छेउछाउमा समेत त्रास फैलियो। सबै आफ्नो ज्यान जोगाउन दौडन थाले। त्यसबेला शवदाह गृहमा अन्य धेरै शवहरू थिए जसलाई दाहसंस्कारका लागि ल्याइएको थियो। ती शव राखेर सबै भागे। तत्काल दमकललाई खबर गरियो। खबर पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेको थियो। दमकलले विद्युतीय भट्टीको चिम्नीमा पानी हालेर आगो नियन्त्रणमा लिएपछि अन्ततः त्रास समाप्त भयो। तर, विहानैदेखि शव दाहसंस्कार गर्ने क्रममा विद्युतीय भट्टीको चिम्नी मात्रै रातो भएको शव दाहसंस्कार गर्ने निकायले बताउँदै आत्तिनुपर्ने कुरा नभएको बताएको छ। यो आगोको मामला नभएको बताएको छ। श्मशानस्थलमा आएका मानिसहरु केही नबुझेकाले निकै डराएको साहुडांगी श्मशानस्थलमा खटिएका कर्मचारीले बताए।











