गुवाहाटी: भारत जोडो न्याय यात्राको आज ११औं दिन हो। नर्थ इस्टको तर्फबाट म राहुल गॉंधीलाई धन्यवाद दिॅंदछु। उक्त कुरा बुधवार कांग्रेस पार्टीका वरिष्ठ नेता एवं सांसद गौरव गोगोईले एक संवाददाता सम्मेलनमा भनेका हुन्।
सांसद गोगोईले भने, आज असममा यात्राको सातौं दिन हो। जसरी राहुल गॉंधीले हाम्रो संस्कृतिको आदर गरे, त्यसलाई बुझे अनि जनतासॅंग भेट गरे, यसको निम्ति म उनको आभार प्रकट गर्दछु। उनले भने, म राहुललाई असमको छोरा भन्न चाहन्छु र असमले यो भन्दा राम्रो ब्राण्ड एम्बेसडर पाउन सक्दैन।
गौरव गोगोईले भने, राहुल गॉंधीले असममा श्रमिक, विभिन्न जनजाति, युवा र महिलाहरूको समस्यालाई सुने। आज केन्द्रमा १० साल र असममा ८ सालदेखि भाजपाको सरकार छ, तरै पनि यहॉं धेरै समस्याहरू छन्। किनकि, भाजपाले घृणा फैलाएर स्वयंलाई बलियो बनाइरहेको छ। यहॉं आर्थिक असमानता बढ्दै गइरहेको छ। गरीब अझ गरीब बनेका छन्, धनी अझ धनी बनिरहेका छन्।