दोस्रोपल्ट सर्वश्रेष्ठ टी२० क्रिकेटर बने सूर्यकुमार

IMG-20240124-WA0256.jpg

दुबई, २४ जनवरीः भारतका आक्रामक ब्याटर सूर्यकुमार यादवलाई लगातार दोस्रो साल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सालका सर्वश्रेष्ठ टी२० क्रिकेटर चयन गयो । आईसीसीले उनलाई यस प्रारूपमा भारतको मध्यक्रमको मेरुदण्ड बतायो। सूर्याले गत वर्ष लगभग ५०-को औसत अनि १५० भन्दा अधिकको स्ट्राईक रेटले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा रन बनाए। अहिले उनी जर्मनीमा चोटमुक्त हुने प्रक्रिया (रिह्याबिलिटेशन) मा रहेका छन्। उनी मार्चमा आईपीएलमा फर्किनेछन् अनि मुम्बई इण्डियन्सबाट खेल्नेछन् । आईसीसीद्वारा जारी बयानमा भनिएको छ, भारतीय मध्यक्रमका मेरुदण्ड यस ब्याटरले धेरै म्याच जिताएका छन् । यसैकारण उनलाई लगातार दोस्रोपल्ट पुरस्कार दिइएको हो। उनले सालको शुरुवात श्रीलङ्का विरुद्ध ७ रन बनाएर गरे तर पछिबाट उनले लगातार असल प्रदर्शन गरे। उनले लगातार २०-४० रन बनाइरहे अनि वेष्ट इण्डिज विरुद्ध ४४ बलमा ८३ रन बनाए। उनले फ्लोरिडामा वेष्ट इण्डिज विरुद्ध ४५ बलमा ६१ रन बनाए। सालको अन्तमा कप्तानीको दबाउ रहे पनि उनले ब्याटको साथ असल प्रदर्शन गरे। उनले अष्ट्रेलिया विरुद्ध ४२ बलमा ८० र दक्षिण अफ्रिका विरुद्ध ३६ बलमा ५६ रन बनाए। यसबाहेक दक्षिण अफ्रिका विरुद्ध अन्तिम टी२० म्याचमा उनले ५६ बलमा १०० रनको इनिङ्स खेले। उनले जनवरीमा श्रीलङ्का विरुद्ध ५१ बलमा ११२ रन बनाए। यो टी२० क्रिकेटमा कुनै पनि भारतीय ब्याटरको दोस्रो सबैभन्दा तेज शतक हो। रोहित शर्माले २०१७ मा श्रीलङ्का विरुद्ध ३५ बलमा शतक बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *