खोरीबारी: खोरीबारीको बङ्गाल बिहार सिमानाबाट २० वटा गाई-गोरू सहित पाँचजना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा अनिल कुमार (५४), पवन कुमार (४३), अरूण भोला (२०), विकास राठोर (२३) र रफिउल इस्लाम (३३) सामेल छन्। पक्रा परेकाहरूमध्ये चार जना हरियाणा निवासी हुन् भने एकजना असम निवासी हुन्। प्राप्त जानकारी अनुसार प्रत्येक दिन झैँ आज खोरीबारीको चक्करमारीमा नाका चेकिङ अवधि बङ्गाल-बिहार सिमानामा दुईवटा ट्रक रोकेर छानबीन गर्दा २० वटा गाई-गोरू उद्धार गरेको बताइएको छ। उद्धार गरेको गाई-गोरूको कुनै वैध कागजपत्र नरहेकोले गर्दा पाँचजनालाई पक्राउ गरेर खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।










