तकदाह: रङ्गली रङ्गलीयट खण्ड अन्तर्गत रामपुरिया बनबस्तिमा आज समस्या समाधान शिविरको आयोजना गरियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार यसपल्ट गाउँ-गाउँमा समस्या समाधान शिविरको आयोजना गरियो। यस शिविरमा रङ्गली रङ्गलीयट ब्लक तथा पुबोङ रामपुरिया ग्राम पञ्चायतका कर्मचारीहरूको उपस्थितिमा गाउँका धेरैजना मानिसहरूले विविध लाभ उठाएको बताइएको छ। उक्त शिविरमा एसएजजी, आशा कर्मी तथा धेरैजनाले शिविरमा सहयोग पुराएको विभागीय पक्षले बताएको छ।











