सुनिल धमला अष्ट्रेलिया जाने

Screenshot_20240124_203534_Dailyhunt.jpg

काठमाडौं: नेपाली क्रिकेट टोलीबाट खेलिसकेका नेपाल पुलिस क्लबका ओपनर सुनिल धमला अष्ट्रेलिया जाने भएका छन् ।नेपाल पुलिस क्लबले बुधबार मूलपानी क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्धको खेलपछि उनलाई बिदाइ गरेको छ। २०१६ देखि पुलिसको टोलीमा रहँदै धमलाले पहिलो रोजाइको ओपनरको रुपमा खेल्दै आएका थिए। धमला अष्ट्रेलियामा हुने घरेलु क्रिकेट प्रतियोगिता खेल्न जानेछन्। नेपाल पुलिस क्लबका क्रिकेट म्यानेजर चित्र विष्टले उनी शुक्रबार अष्ट्रेलिया जाने जानकारी दिए। प्रधानमन्त्री कपमा उनको स्थानमा पुलिसले प्रेम तामाङलाई टोलीमा समेटेको छ। धमलाले नेपालबाट ५ लिष्ट ए र १ ओडीआई खेल खेलेका छन्। धमलाले २०२२ जुनमा अमेरिकामा ओमानविरुद्ध एकमात्रै ओडिआई खेल खेल्ने अवसर पाएका थिए। नेपालका लागि भने २०१७ मा केन्याविरुद्ध टियुमा डेब्यू गरेका थिए। २०१६ को यू–१९ विश्वकप र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै धमलाले नेपाली टोलीमा डेब्यू गरेका थिए।
तर उनले अपेक्षा गरे अनुसार भने मौका पाउन सकेका थिएनन्। फुटबलपछि क्रिकेट खेलाडी पनि पछिल्लो समय अष्ट्रेलिया जान थालेका छन्। नेपालबाट पछिल्लो दुई वर्षमा नन्दन यादव, किशोर महतो, योगेन्द्रसिंह कार्की, अनिल खरेल, सुशान भारी लगायतका खेलाडी अष्ट्रेलिया पुगि सकेका छन्।आगामी दिनमा ठूला सम्भावना बोकेका केहि युवा खेलाडी पनि जाने तयारीमा रहेको बुझिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *