खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको दश खेलाड़ी अन्तर्राष्ट्रीय कराँते खेलको लागि कलकत्ता प्रस्थान

खरसाङ: खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको दशजना कराँते खेलाड़ीहरू अध्यक्ष सेन्सी सन्दीप प्रधानको नेतृत्वमा आगामी ३० अनि ३१ जुलाई २०२२ मा कलकत्ताको नेताजी इन्डोर स्टेडियममा हुने छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिपमा भाग लिनको निम्ति आज कोलकाता प्रस्थान गरेका छन्। च्याम्पियनशिप हरेक वर्ष आयोजना हुने भए पनि कोभिड प्रोटोकलको कारण विगत दुई वर्षदेखि आयोजना हुन सकेको थिएन। अखिल भारतीय सेशिंकाई सितोरियो कराते-डो महासंघले आयोजना गरेको यो च्याम्पियनशिपमा दक्षिण अफ्रिका, इरान, मेक्सिको, अफगानिस्तान, टर्की, पूर्वी टिमुर, इटाली र सबै छिमेकी देशका खेलाड़ीहरू सहभागी हुने छन्। यो घटनालाई भारतको कराँते महोत्सव पनि भनिन्छ। एमएएफएको टोलीले दार्जीलिङ जिल्लाको टोलीमा सामेल हुनेछन् जसले थप अन्तर्राष्ट्रिय खेलहरूमा भारतको प्रतिनिधित्व गर्नेछ। यस विषयमा अध्यक्ष सन्दीप प्रधानले यस वर्ष विद्यार्थीहरुले निकै मेहनत गरी उप विभागीय तह, जिल्ला, प्रदेश, नागरिकदेखि लामो यात्रा तय गरी अन्तर्राष्ट्रिय च्याम्पियनशिपको बाटो तय गरेको जानकारी दिएका छन्।

मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको सयौं विद्यार्थीहरूमध्ये अघिल्लो प्रतियोगितामा पहिलो स्थान जितेर यी केही विद्यार्थी मात्रै छनौट भएका छन्। उनीहरु हुन्-कृष्ण छेत्री, प्रयोधि प्रधान, रोजी प्रधान, सुशील छेत्री, ओम छेत्री, आयन राज राई, प्रयाण सुब्बा, मालविका खवास अनि बिनिशा खवास। दार्जिलिङ जिल्लाको सम्पूर्ण टोली सिहान अनिल राईको नेतृत्वमा रहेको छ जो टोलीको आधिकारिक प्रशिक्षक पनि हुनेछन्। सेन्सी सन्दीप प्रधानले अन्तर्राष्ट्रिय मञ्चमा रेफ्री एण्ड जज गर्ने यो पहिलो पटक हो जुन सिंगो पहाड़का लागि गौरवको क्षण हो भनी जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *