एसकेएम पार्टीको स्थापना दिवस तयारीलाई लिएर युवा मोर्चाको उच्चस्तरीय बैठक सम्पन्न

IMG-20240124-WA0254.jpg

गान्तोक: आगामी ४ फरवरीमा पालन गरिने सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको १२औँ स्थापना दिवस तयारीलाई लिएर आज रम्फूको पर्यटन अतिथिगृहमा एक सभा सम्पन्न भयो। विशेष गरेर युवा शाखाको तत्वावधानमा समष्टि स्तरीय कार्यकारी सदस्यहरुलाई लिएर उच्च स्तरीय बैठक आयोजना गरिएको हो।

बैठकमा स्थापना दिवस भव्यतापूर्वक पालन गर्ने निर्णयका साथ विभिन्न विषयमा धेरै चर्चा परिचर्चा गऱ्यो। पार्टीका युवा अध्यक्ष लाक्पा मोक्तान र सहदेव शर्माको सभाध्यक्षतामा सम्पन्न बैठकमा ६ वटै जिल्लाका ६ जना जिल्ला कन्भेनर ३१ वटा समष्टिबाट कन्भेनर सहित ९/९ जना कार्यकारीहरुको उपस्थिति रहेको थियो।

आउँदो कार्यक्रमलाई भव्य सफल बनाउनुपर्ने विषयमाथि छलफल गर्ने औचित्यमा आधारित आजको बैठकले आगामी स्थापना दिवस २०२४ को चुनाउअघि सम्पन्न हुने भएको कारण यसलाई ऐतिहासिक रूपमा पालन गर्ने निर्णय लियो। सभाध्यक्ष लाक्पा मोक्तानले आफ्नो सम्बोधनका क्रममा सबैले आ-आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्दै पार्टी अध्यक्षको दिशा निर्देशनलाई पालन गर्नुपर्ने सुझाउ दिए। उक्त कार्यक्रम सफल तुल्याउनको निम्ति समष्टिमा मनोनीत गरेका पार्टीका कार्यकर्ताहरु निरन्तर काम गरिरहेको कारण उनीहरूको दायित्व र योगदानको कदर गर्दै यो बैठक विशेष रुपमा डाकिएको अध्यक्ष मोक्ताले जनाए।

आगामी दिनमा पार्टीका कार्यकर्ताहरू अझ सशक्त भएर काम गर्न आह्वान गर्दै आगामी ४ फरवारीको निम्ति प्रत्येक समष्टिबाट ५० गाडी अर्थात् ४ सय कर्मठ युवाहरूले भोलेन्टियरको जिम्मेवारी लिनुपर्ने आग्रह गरे।

यसै क्रममा पार्टीको राज्य स्तरीय युवा संयोजक सहदेव शर्माले युवाहरुको योगदान बारे स्पष्ट पार्दै युवा केन्द्रिय कार्यकारीले पार्टीको केन्द्रिय सदस्यतामा बसेर कसरी काम गर्दै छ भन्ने विषयमा विस्तृत जानकारी गराए। युवाहरुको दायित्व र कार्य विशेषमाथि स्पष्ट पार्दै मुख्यमन्त्रीको सोच युवामुखी रहेकोले एसकेएम पार्टीले युवाहरुको निम्ति दीर्घमियादी योजनाहरु लिएर काम गरिरहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement