तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: घैयाबारी र डाईनामिक बोइस बिजय

photocollage_2024124212024136.jpg

खरसाङ: तीनधारेको सत्र माइल बोइसको आयोजनामा मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत बुधबार भएको दुईवटा खेलमा घैयाबारी र डाईनामिक बोइस सत्र माइल तीनधारे बिजय भएका छन्। बुधबार भएको पहिलो खेल हिरो बजार तीनधारे र घैयाबारीमाझ सम्पन्न भएको थियो। हिरो बजारले टस जितेर पहिला ब्याटिङ गर्दै केवल ७१ रन बनाएको थियो। हिरो बजारको लागि आशिष गुरुङ, मेघराज प्रधान र साजन दर्जीले ११-११ रन बनाएका थिए भने घैयाबारीको पक्षमा सुरज दर्जीले ३ विकेट लिएका थिए। घैयाबारीले ब्याटिङ गर्दै ९ ओभरमा नै लक्ष्य हाँसिल गरेका थिए। घैयाबारीको लागि नरेन्द्रले सर्वाधिक १६ रन बनाएका थिए भने हिरो बजारको पक्षमा आशिष गुरुङले २ विकेट लिएका थिए। बुधबार भएको दोस्रो खेल मालुटार र डाईनामिक बोइस सत्र माइल तीनधारोमाझ सम्पन्न भएको थियो। यस खेलमा डाईनामिक बोइसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि मालुटारले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा पाँच विकेट गुमाएर ९२ रन बनाएको थियो। मालुटारको पक्षमा प्रेमकुमारले १८, सन्तोष थापा र दिवसले १५-१५ रन बनाएका थिए। ९३ रनको लक्ष्यलाई खेदो गर्दै डाईनामिक बोइसले ५ विकेट गुमाएर १० ओभर ४ बलमा नै लक्ष्य हाँसिल गरेका थिए। डाईनामिक बोइसको पक्षमा ओपनर ब्याटरद्वय दिपु छेत्रीले २७ रन असीत राईले २४ रन बनाएका थिए। मालुटारको पक्षमा उज्वल राईले ३ विकेट लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *