राजभवनमा पालन गरियो उत्तर प्रदेश राज्यको स्थापना दिवस

IMG-20240124-WA0251.jpg

गान्तोक: एक भारत श्रेष्ठ भारतको संकल्पलाई मजबुत बनाउने उद्देश्यले आज राजभवनमा उत्तर प्रदेश राज्य्को स्थापना दिवस हर्षोल्लासको साथमा पालन गरियो। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

उक्त कार्यक्रममा उत्तर प्रदेशका मूल निवासीहरूलाई पनि आमन्त्रित गरिएको थियो भने यो सँगै आइटीबीपी, एसएसबी, बीआरओ र विभिन्न विश्वविद्यालयका संकाय छात्र दृ छात्राहरूलाई पनि आमन्त्रित गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले माटोसँगको गहिरो सम्वन्ध उत्सवको महत्वमाथि जोड दिँदै यस गाउँ, भाषा अनि क्षेत्रको सम्वन्धलाई सम्मान गर्नको निम्ति हाम्रो सामुहिक प्रतिवद्धताबारेमा अवगत गराए। उनले एक भारत श्रेष्ठ भारत एकता अनि सौहार्दको मजबुत प्रतिक रहेको र यसले भारतीयहरूलाई गौरवको रूपमा प्रदर्शित गर्ने बताए।

राज्यपालले जानकारी गराए अनुसार, सबै राज्यहरूको स्थापना दिवस पालन गर्नाले देशलाई एकताको सुत्रतामा बाँध्ने छ। यो उत्सव एक अर्का सम्मान अनि राष्ट्रिय एकतालाई बढावा दिने उद्देश्यले पालन गरिएको उनले बताए।

About Author

Advertisement