काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी बुधवार दिउॅंसो जिल्ला यात्राबाट फर्किएपछि राजभवन पुगिन्। पूर्व बर्दवानमा प्रशासनिक बैठक गरेर फर्किने क्रममा अचानक ब्रेक लाग्दा उनको टाउकोमा चोट लागेको थियो।
उनी फर्किएपछि पहिला सचिवालय पुगिन्। त्यसपछि उनी राजभवन प्रस्थान भइन्। सूत्रहरू अनुसार, मुख्यमन्त्री र राज्यपालको यो शिष्टाचार भेट थियो। सॉंझ लगभग साढे पॉंच बजी उनी राजभवन प्रवेश गरिन्।
ममता र राज्यपालबिच लगभग ४५ मिनट कुराकानी भयो। ममताले भनिन्, सुप्रीम कोर्टको आदेश अनुसार राज्यपालसॅंग भेट गरिएको हो। उनले बैठक राम्रो रहेको बताइन्।










