तीन दिवसीय पञ्चायत सम्मेलनको दोस्रो दिन मुख्यमन्त्री तामाङले जनाए सहभागिता

n577201094170611093419081ef094eee14e05a868f3f17d858f3c10684fb7327c573858c328430a3d0c9e6.jpg

गान्तोक: गत २३ जनवरीदेखि शुरु भएको तीन दिवसीय पञ्चायत सम्मेलनको आज दोस्रो दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको मुख्य आतिथ्यमा भव्यताको साथ सम्पन्न भयो। आजको कार्यक्रममा विभिन्न जिल्लाका जिल्ला अध्यक्ष, उपाध्यक्ष, पञ्चायत सदस्य, जीएमसीका मेयर अनि विभिन्न नगर निगमका अध्यक्ष अनि पार्षदहरुले पञ्चायती व्यवस्थाको अनुभवहरु साझा गर्दै आफूहरूले भोग्न परिरहेको समस्याबारे आ आफ्नो विचार साझा गरे।विचार साझा गर्न क्रममा पञ्चायत अनि जिल्ला पञ्चायतहरुले प्राप्त गर्ने धन राशिमा वृद्धि, पञ्चयतहरुको निम्ति गान्तोकमा भवन, पञ्चायत वेलफेयर बोर्ड आदिको स्थापनाबारे मुख्यमन्त्री समक्ष माग राखे। यसरी नै ग्रामीण क्षेत्रमा प्रभावशाली ढंगमा काम गर्नको निम्ति शसक्त बनाउन तीन दिवसीय सम्मेलनको आयोजना गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोंचको प्रतिरूप निर्दलीय रूपमा आफूहरु चुनिएर जनताको सेवा गर्न पाएकोमा सबैले मुख्यमन्त्री तामाङप्रति आभार व्यक्त गरे। आज दिन भरि नै मुख्यमन्त्री प्रेमसिंह तामाङले कार्यक्रममा समय दिएर पञ्चायत अनि जिल्ला पञ्चायत हरुको हौशला बढाए। आज दोस्रो दिनको कार्यक्रममा शहरी विकास विभाग, ग्रामीण विकास विभाग, महिला अनि शिशु विकास विभाग अनि सूचना एवं जनसम्पर्क विभागद्वारा तयार गरिएको भीडियो सन्देशहरु प्रस्तुत गरियो। यसका साथै सिक्किम शहरी गरीब आवास योजना अन्तर्गत तयार घरहरुको चाबी पनि मुख्यमन्त्री प्रेमसिंह तामाङले लाभार्थीहरुलाई हस्तान्तरण गरे। योसँगै गेजिङका पूर्व जिल्लापाल हिस्से डी. योङडा अनि जिल्ला अध्यक्ष डीएस लिम्बूको पहलमा आयोजित फल दिने, छाहरी दिने रुख रोपण अनि कोठेबारी प्रतियोगिताका विजेताहरुलाई पनि आज मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट पुरस्कृत गरियो। आज विभिन्न ग्राम पञ्चायतहरुलाई विभिन्न क्षेत्रमा प्राप्त गरेको लक्ष्यलाई कदर गर्दै मुख्यमन्त्रीको बाहुलीबाट सम्मानित गरियो।

ग्रामीण क्षेत्रमा प्रभावशाली ढंगमा शसक्तरूपले जन सेवा उपलब्ध गराउनको निम्ति पञ्चायतहरुलाई उर्जा गर्न साथै प्रशिक्षण दिनको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा यो तीन दिवसीय सम्मेलनको आयोजन गरिएको हो जसमा ६ वटै जिल्लाबाट पञ्चायत अनि जिल्ला पञ्चायतहरुको व्यापक उपस्थिति रहेको थियो। यस तीन दिवसीय सम्मेलनको अन्तिम दिन मुख्यमन्त्री प्रेमसिंह तामाङले पञ्चायतहरुलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। यो सम्मेलनले ग्रामीण स्तरमा जन सेवा दिने पञ्चायतहरुलाई शसक्त बनाउने निश्चित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement