बीएलओहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20240124-WA0253.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउलाई लिएर हाल राज्यभरि पोलिङ अधिकारी र बुथ लेवल अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न भइरहेको छ।

यसै क्रममा टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालय परिसरमा वुथ लेवल अधिकारीहरूलाई लिएर एक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले सबै बीएलओहरूलाई मतदान अघि र मतदानको दिन आवश्यक सावधानी र प्रभावकारी व्यवस्थापन गर्न सल्लाह दिए। यदि कुनै पनि अधिकारीहरूलाई कुनै पनि विषयमा शंका छ भने प्रशिक्षकहरू यही उपलब्ध रहेको समयमा प्रश्न गरेर आशंका हटाउनु पर्ने सुझाउ पनि दिए।

सोही प्रकारले अतिरिक्त जिल्लापाल रोहन अगवानेले मतदानको दिन इभीएमको भूमिका र यसको कार्य प्रणालीबारे विस्तृतरूपमा अवगत गराए। सोही प्रकारले महकुमा अधिकारी परि विष्नोइले चुनाउको समयमा वुथ लेवल अधिकारीहरूको भूमिकाबारे जानकारी गराइन्। उनले चुनाउलाई जतिसक्दो शान्तिपूर्ण रुपमा सम्पन्न गर्न न्यूनतम सुविधा र प्रबन्ध मिलाउनुपर्ने विषयमा जोड दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement