ईष्ट बेंगल फूटबल एकाडमी सेमिफाइनलमा

photocollage_202412420149634.jpg

२४ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा जारी शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करणमा राजगञ्जको ईष्ट बेंगल फूटबल एकाडमीले सेमिफाइनलमा स्थान बनायो। चानमारी खेल मैदानमा बुधवार भएको टुर्नामेण्टको तेस्रो क्वार्टर फाइनल म्याचमा ईष्ट बेंगल फूटबल एकाडमीले युनाइटेड एफसी दार्जीलिङलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल दिपांकर रोयले ४६औं मिनटमा दर्ता गरे। ईष्ट बेंगल फूटबल एकाडमीका गोलकीपर अशरफूल हकलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा ब्राइट स्पोर्टिंग क्लब र नेपालको बेलबारी फूटबल क्लब, मोरंगबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र भूटानको टीम पनि सामेल छन्।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र ३९ जनवरीमा हुनेछ। यसरी फाइनल ३१ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement