शिवखोलामा एकजना विद्यार्थीको डुबेर मृत्यु

IMG-20230528-WA0320-5-300x172-7

खरसाङ: खरसाङ महकुमाको तीनधारे महानदी समष्टी अन्तर्गत शिवखोला घुम्न आएका एक विद्यार्थीको शिवखोलामा डुबेर मृत्यु भएको जानकारी प्राप्त भएको छ।सूत्रबाट प्राप्त जानकारी अनुसार बुधबार स्कुटीमा शिवखोला घुम्न आएको दुईजना विद्यार्थीमध्ये एकजनाको गहिरो पानीमा पौड़ी खेल्दा डुबेर मृत्यु भएको बताइएको छ। उक्त घटना बुधबार दिउँसो ३ बजेतिरको भएको बताइएको छ। उक्त मृतक १८ वर्षीय विद्यार्थी सालबारीको एक शैक्षिक संस्थाको विद्यार्थी रहेको र उनी जलपाईगुढी जिल्लाको भक्तिनगर थाना अन्तर्गत पर्ने स्थान निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार स्थानीयहरूको सहयोगमा उक्त विद्यार्थीलाई सड़ससम्म निकालेर ४:३० बजेतिर सुकना अस्पताल पुराएपछि डाक्टरले मृत घोषणा गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement