गोरूबथान सरकारी महाविद्यालय बन्यो पहिलो स्थान

IMG-20240124-WA0210.jpg

गोरुबथान: जिल्ला स्तरीय विद्यार्थी युवा विज्ञान मेलामा यसवर्ष गोरूबथान सरकारी महाविद्यालयले पहिलो स्थान ओगट्न सफल बनेको छ। पश्चिम वङ्गाल सरकार, कालेबुङ जिल्ला अधिनस्थ जिल्ला शासकद्वारा गत २२ र २३ जनवरीमा दुइ दिवसरी प्रदर्शनी गरिएको यस मेलामा गोरूबथान सरकारी महाविद्यालयका प्राणीशास्त्र र उद्भिदशास्त्र विज्ञान विभागका विद्यार्थीहरूले अंशग्रहण गरेका थिए।

गोरूबथान सरकारी महाविद्यालयका रसायन विभागका सह-प्राध्यपक डा. राजु सुब्बाको अगुवाईमा महाविद्यालयबाट क्रमैले सुरक्षा बस्नेतस निलोथपाल चक्रवर्ती, राज खरिया, रसिक राई, सैलेश प्रधान, सन्धिया कार्की, छबी राई, गरिमा महातो आदिले भाग लिएका थिए। यस विज्ञान मेलामा विद्यार्थीहरूले दैनिक समस्याहरू समाधान गर्ने वास्तविक क्षेत्रमा रूपमा प्रयोग गर्न सकिने अभिनव र नविन वैज्ञानिक मोडल सिर्जना गर्नुपर्ने थियो। नभन्दै कम समयमा पनि गोरूबथान सराकरी महाविद्यालयका विद्यार्थीहरूले मोडल तयार पारेर यस मेलामा भाग लिँदा ढल प्रशोधन प्लान्ट (सेवेज ट्रिकम्यान्ट प्लान्ट)-को रूपमा छैटो सत्रकी उद्भिदशास्त्र विभागकी विद्यार्थी सुश्रि सुरक्षा बस्नेर र चौथो सत्र, प्राणीशास्त्र विभागकी विद्यार्थी सुश्रि गरीमा महातोले प्रदर्शन गरेको मोडल सर्वक्षेष्ठ बन्दै पहिलो स्थान बन्न सफल बनेको छ। यसरी २०२४ को विज्ञान मेलामा जिल्ला स्तरिय पहिलो स्थान बनेपछि गोरूबथान सरकारी महाविद्यालय २०२४ को राज्य स्तरिय विज्ञान मेलामा पनि चयन बनेको छ। यो गोरूबथान सरकारी महाविद्यालयको निम्ति मात्र गोरवको कुरा नबनेर सम्पूर्ण गोरूबथानको निम्ति हर्षको विषय बनेको छ।

जिल्ला स्तरिय विज्ञान मेलामा गोरूबथान सरकारी महाविद्यालय पहिलो स्थान ओगट्न सफल बनेकोमा कलेज प्रभारी डा. प्रताप कुमार सेन, शिक्षक परिषद् सचीव थेनडुप तामङ, प्राणीशास्त्र विभागका विभागाध्यक्ष डा. रीतेश विश्व लगायत समस्त विज्ञान मेलामा अंशग्रहण गर्ने टोली धन्यवादका पात्र बनेका छन्।

About Author

Advertisement