कोलकाता: पार्थ च्याटर्जीलाई मन्त्री पदबाट हटाएको समाचार छ। यससँगै पार्थ च्याटर्जीको सबै विभागहरू मुख्यमन्त्री ममता ब्यानर्जीको अधीनमा राखिएको छ। सोमबार फेरि मन्त्री परिषदको बैठक बस्दैछ। पश्चिम बङ्गालसँग सम्बन्धित शिक्षक भर्ना घोटालामा उनको नाम आएपछि उनलाई मन्त्री पदबाट हटाइएको बताइएको छ। पार्थ च्याटर्जी हाल उद्योग मन्त्री थिए। उनी शिक्षा मन्त्री हुँदा घोटाला गरेको आरोपमा पक्राउ परेका हुन्। बङ्गालका मुख्य सचिवले जारी गरेको आदेशअनुसार पार्थ च्याटर्जीलाई उद्योग मन्त्री पदका साथै अन्य पदबाट पनि हटाइएको छ। जसमा उनलाई सूचना तथा प्रसारण विभाग संसदीय मामिला विभाग आदिबाट पनि बर्खास्त गरिएको छ।