अलिपुरद्वारः घरबाट आमा-छोरीको शव भेटिएपछि बुधवार बिहान क्षेत्रमा सनसनी मचियो। घटना जिल्लाको भाटीबाडी क्षेत्रको हो। स्थानीय मानिसहरूले बताएअनुसार, भाटीबाडी क्षेत्र निवासी दीपांकर साहा एक प्रवासी मजदूर हुन्। उनी लामो समयदेखि हरियाणामा छन्। यहॉं उनकी आमा, पत्नी सीमा साहा र छ सालकी छोरी बस्छन्। बुधवार बिहान दीपाङ्करकी पत्नीले निकै बेरसम्म दैलो खोलिनन्। परिवारका सदस्यहरूले खिडकीबाट हेर्दा सीमा शव झुण्डिरहेका देखे। दैलो तोडेरभित्र प्रवेश गर्दा नानीको शव भुॅंईमा थियो।
परिवारका सदस्यहरूले सीमाले छोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। सूचना पाएर भाटीबाडी थानाको पुलिसले घटनास्थल पुगेर शव आफ्नो कस्टडीमा लिएको छ र जॉंच शुरू गरेको छ।











