सिलगढीः सिलगढीमा गोर्खा परम्परागत प्रदर्शनी हुने भएको छ। बुधबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यो जानकारी दिएका हुन्। गोर्खा परम्परागत प्रदर्शनीमा गोर्खा संस्कृति, भेषभुषा र खानाको प्रदर्शनी गरिने उनले बताए।
पत्रकार सम्मेलनमा आयोजकले यो प्रदर्शनी जनवरी २६ देखि २८ जनवरीसम्म सिलगढीको सेवक रोडमा रहेको मलमा आयोजना गर्न लागिएको जानकारी दिए। गोर्खा समुदायका खाना, लत्ताकपडा र परम्परा झल्काउने गरी जम्मा ६० स्टल रहनेछन्। साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ। यस मार्फत गोर्खाहरूको रीतिरिवाज, उनीहरूको नाच, गीत, संस्कार आदिलाई उजागर गर्ने प्रयास गरिनेछ।









