कलिम्पोंग: कलिम्पोंग जिल्लाको कुमाई ग्राम पंचायत भित्र पनी धेरै पानीको मुहानहरुछन् तर उक्त मुहान दिन दिननै सुकदै छन् साथै राम्रो संगले मुहानको संरक्षण हुन सकेको छैन, कसरी मुहानको संरक्षण अनि सठिकसंगले वितरण गर्नुपर्ने भनि आज कुमाई ग्राम पंचायत प्रधान श्री मनोज लामा अनि टोलीद्वरा गुरुत्वाकर्षण प्रवाह जल आपूर्ति प्रणालीबारे जानकारी लिन डुवर्सको मुर्ति, मेचपारा चियाकमानको भ्रमण गरेका छन्। प्रसारी गैर-सरकारी संगठनले डुवर्सको धेरै जगामा गुरुत्वाकर्षण प्रवाह जल आपूर्ति प्रणाली साथै सोलार प्रणाली दुवारा खानेपानीको बेय्वास्था गर्दै आइरहेको छ।

कलिम्पोंग जिल्लाको कुमाई ग्राम पंचायतको केही क्षेत्रहरुमा पनी प्रसारीले पानीको मुहानलाई संरक्षणगरी गुरुत्वाकर्षण प्रवाह जल आपूर्ति प्रणालीको मध्यमद्वरा गोउलेहरुलाई पिउने पानीको बेय्वास्थाबारे योजना रहेकोले गर्दा आज यसै बिसयलाई लियर आज डुवर्सको धेरै जागहरुमा प्रसारीले गरिसकेको योजनाहरुको जानकारीलिनु कुमाई ग्राम पंचायत प्रधान श्री मनोज लामा, उप प्रधान राजेश मोथे, सदस्य कविता राई, खिलान प्रधान, सोमन शेर्पा, बबिता भुजेल, अमृता तामांग, पंचायत कर्मचारी हस्त खवास, सुदन छेत्री, प्रसारीबाट सनिता निरज उरावं मटेली पंचायत सदस्य स्वयं सहायता समूह (एसएचजी) बाट आशा कुजुर, बबिता बुजेल,सुजाता गिरी, प्रसाना राई आदि को टोलिले भिभिन्न जगाहरुको भ्रमण गरेकाछन्।









