ब्यान्ड च्याम्पियनलाई सहयाेग जारी

मिरिक। ब्यान्ड च्याम्पियन नेपालको फाइनलसम्म पुगेका मिरिकका युवाहरुको ब्यान्ड फोजन ब्यान्डलाई जिताउनको निम्ति हरेक तप्काबाट सहयोग आउने क्रम जारी छ। प्रतियोगिता अन्तिम मोडमा आएको कारण ब्यान्डलाई जिताउन सक्दो भोटिङ गर्न आर्थिक सहयोग संकलन भइरहेको छ। यसैक्रममा आज शुक्रबारको दिन पनि सुचना तथा सांस्कृतिक बिभाग मिरिकले दश हजार रुपियाँ सहयोग भीम प्रधानलाई हस्तान्तरण गरेको छ। यस भन्दा अघि पनि बिभागले अन्य माध्यमबाट सहयोग गरिसकेको सुचना तथा सांस्कृतिक बिभाग मिरिकका निर्देशक कैलाश राईले बताएका छन। उनीले आफ्नो बिभागले यो महत्वपूर्ण समयमा मिरिकको युवाहरुको प्रेरणा बनेको फोजन ब्यान्डलाई सहयोग गर्न पाएकोमा हर्ष प्रकट गरे साथै ब्यान्डलाई भोटिङको निम्ति आर्थिक सहयोग गर्ने अपिल गरे। मिरिक सानो ठाउँ भएतापनि कलाको दृष्टिकोणले मिरिकलाई उर्बर मानिने राईको भनाई थियो। आज सहयोग प्रदान गर्ने सुचना तथा सांस्कृतिक बिभागको सबै कर्मचारीहरुप्रति उनीले आभार प्रकट गरेका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement