बिरयानी अर्डर क्यान्सल गर्दा नाबालिगमाथि हमला

IMG-20230410-WA0169-11-300x172-6

जलपाइगढ़ी: जलपाइगढीको कदमतला मोड क्षेत्रमा एउटा रेस्टुरेन्टका कर्मचारीहरूले बिरयानीको अर्डर क्यान्सल गर्दा एक नाबालिगसॅंग कुटपिट गरेका छन्। स्थानीय मानिसहरूको सहयोगमा नाबालिगलाई बचाइयो।

नाबालिगलाई मेडिकल कलेजमा भर्ती गरिएको छ। यस मामिलामा पुलिसले रेस्टुरेन्टका दुई कर्मचारीलाई पक्राउ गरेको छ।

मंगलवार सॉंझ जलपाइगढीको कदमतला मोड क्षेत्रमा एक नाबालिगले रेस्टुरेन्टमा बिरयानी अर्डर गरे। अर्डर दिएपछि उसले आफुसॅंग पैसा नरहेको थाहा पाए। जब दोकानका स्टाफ बिरयानी लिएर आए, नाबालिगले बिरयानी खान अस्वीकार गर्दै रेस्टुरेन्टबाट बाहिर निक्लिए। यसपछि, दोकानका कर्मचारीहरूले नाबालिगलाई समातेर कुटपिट गरेको आरोप छ।

नाबालिगको एउटा दॉंत भॉंचिएको छ। नानीको आवाज सुनेर स्थानीय मानिसहरूले उसलाई बचाए। खबर पाएर जलपाइगढी थानाको पुलिस र स्थानीय महिला सामाजिक कार्यकर्ता पनि आइपुगे। सामाजिक कार्यकर्ताले नानीलाई अस्पताल लिएर गए। पुलिसले दोकान कर्मीहरूलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement