६ वटा गाडी एक आपसमा ठोक्किन्दा धेरै घाइते उत्तर दिनाजपुरमा धेरै घाइते

IMG-20240124-WA0121.jpg

उत्तर दिनाजपुर। उत्तर दिनाजपुर जिल्लाको चोपडाको सुफलगाँछ क्षेत्रको ३१ नम्बर राष्ट्रिय राजमार्गमा एउटा भयानक दुर्घटना घट्यो। बाक्लो हुस्सुका कारण सडक छेउमा पार्किङ गरेको लरीको पछाडि एउटा सानो गाडी ठोक्किन पुगेको थियो त्यसपछि बससहित ६ वटा गाडी एकपछि अर्को ठोक्किन पुगेको थियो। यस घटनामा धेरै मानिसहरु घाइते भएको बताइएको छ। बाक्लो हुस्सुका कारण दुर्घटना भएको स्थानीय बासिन्दाहरुले आशङ्का व्यक्त गरेका छन्।

खबर पाएलगत्तै चोपडा थानाबाट पुलिसबल घटनास्थल पुगेको थियो भने दुर्घटनामा परेका सवारीसाधनलाई पुलिसले क्रेनको सहायताले राष्ट्रिय राजमार्गबाट निकाल्ने प्रयास गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement