रोमाञ्चक जीतको साथ फाइनलमा पुग्यो जीआईएसओ मेचीनगर

photocollage_2024124135617879.jpg

२४ जनवरीः लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको नवौं सीजनको फाइनल नेपालको जीआईएसओ मेचीनगर र सिलगढ़ीको आमुक्त परिवारबीच खेलिने तय भयो। यी दुवै टीम पहिलोपल्ट टुर्नामेण्टको फाइनलमा पुगेको छ। मंगलवार खेलिएको टुर्नामेण्टको दोस्रो सेमिफाइनल म्याचमा जीआईएसओ मेचीनगरले नेपालकै टीम प्लेईंग सेवेन एफसी (पशुपतिनगर)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल रुजन न्यौपानेले छिराए। यस प्रतिष्ठित टुर्नामेण्टको फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। उल्लेखनीय छ, गत वर्ष भएको टुर्नामेण्टको आठौं सीजनमा लोवर कैंजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन भएको थियो। फाइनलमा एलकेएससी-ले सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम)-लाई ४-२-ले पराजित गरी खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement