हैदराबाद, २४ जनवरीः ईंग्ल्याण्डका पेस बलर मार्क वुडले बताएअनुसार, भारतीय कप्तान रोहित शर्मालाई शर्ट पीच बलरहरूको विवेकपूर्ण प्रयोगद्वारा नियन्त्रित गर्नु उनी अनि उनको टोलीको पाँचवटा म्याचको टेस्ट सीरीजमा भारतलाई पराजित गर्ने योजनामा प्रमुखताको साथ सामेल हुनेछ। यी दुई टीमबीच पहिलो टेस्ट बिहीवारदेखि यहाँ शुरु हुनेछ अनि वुडले पीच हेर्दा धीमा लागे पनि उनको रणनीतिले फाइदा हुने बताए। वुडले भने, मैदानमा ओर्लिएपछि म निश्चित रूपले परिस्थितिहरूको आकलन गर्नेछु। यहाँ बाउन्सरको प्रयोग कम्ती नै गरिनेछ तर पीचबाट कहिले-काहीँ दोहोरो गति प्राप्त हुनसक्छ अनि पीच धीमा रहे पनि बलरहरूलाई फाइदा हुनेछ कारण ब्याटरहरूलाई इच्छा अनुसार शट् खेल्नमा असुविधा हुनेछ। रोहित जस्ता खेलाड़ी शर्ट बलरहरू विरुद्ध कतिको सक्षम छन् भन्ने हामीलाई थाहा छ तर यसको अर्थ हामी उनलाई बाउन्सरले सताउँदैनौं भन्ने पनि होइन। हामीले सटीक लाइन र लेन्थमा बलिंग गर्नु पर्नेछ।
कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेण्डन म्याककुलमको मार्गदर्शनमा ईंग्ल्याण्डले गत केही सालदेखि ब्याजबल रणनीति अप्नाएर आक्रामक क्रिकेट खेल्दै आएको छ तर वुडले बताएअनुसार, उनको टीम परिस्थिति अनुसार रणनीति बद्लिन पनि तयार छ। उनले भने, हामी खेललाई अघि बढ़ाउने प्रयास गर्नेछौं। कहिले-काँही परिस्थिति आफ्नो स्थितिलाई मजबूत बनाउने अनि विपक्षीमाथि दबाउ बनाउने हुन्छ। हामी अवस्था अनुसार व्यवस्था गर्नेछौं। यसबाहेक भारतीय पीचहरूमा दबाउको परिस्थितिहरूमा शान्त रहनु महत्त्वपूर्ण हुन्छ।









