इतिहास रच्दै अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगे रोहन बोपन्ना

IMG-20240124-WA0127.jpg

मेलबर्न, २४ जनवरीः भारतका दिग्गज युगल खेलाड़ी रोहन बोपन्नाले बुधवार इतिहास रचे। उनले आफ्नो अष्ट्रेलियाई जोड़ीदार म्याथ्यू एबडेनसँग मिलेर अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष युगल स्पर्धाको सेमिफाइनलमा स्थान बनाए। यी दुईले पुरुष युगलको क्वार्टर फाइनलमा मेक्सिमो गोञ्जालेज र आन्द्रेस मोल्तेनीको अर्जेण्टिनाई जोड़ीलाई पराजित गरे। रोहन र एबडेनको जोड़ीले म्याचमा ६-४, ७-६ (७-५)-ले जीत हासिल गऱ्यो। यस जीतको साथै बोपन्नाले एकाधिक रेकर्ड बनाए। उनी पहिलोपल्ट सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनमा पुरुष युगलको सेमिफाइनलमा पुगे। क्वार्टर फाइनलमा जीत हासिल गर्नको साथै उनले इतिहास रचे। यस जीतको साथै उनी पहिलोपल्ट पुरुष युगल विश्व ऱ्यांकिंगको शीर्ष स्थानमा पुगे। चाखलाग्दो कुरा के छ भने उनले ४३ वर्षको उमेरमा शीर्ष ऱ्यांकिंग हासिल गरे। यसरी बोपन्ना पहिलोपल्ट नम्बर एक खेलाड़ी बन्ने सबैभन्दा पाको खेलाड़ी पनि बने।
भारतीय टेनिस स्टारले अमेरिकाका राजीव रामलाई पछि छोड़ेर रेकर्ड बनाए। राजीव रामले अक्टोबर २०२२-मा ३८ वर्षको उमेरमा आफ्नो करियरमा पहिलोपल्ट शीर्ष ऱ्यांकिंग हासिल गरेका थिए। बोपन्ना यसअघि अष्ट्रेलियन ओपनको पुरुष युगलमा तेस्रो राउण्डसम्म पुगेका थिए। उनी ६ पल्ट क्वार्टर फाइनलमा हारेका थिए। अब टुर्नामेण्ट समाप्त भएको अघिल्ले दिन जारी गरिने ऱ्यांकिंगमा बोपन्नालाई शीर्ष स्थानमा देखिनेछ। बोपन्ना र एबडेनको जोड़ी गत वर्ष यूएस ओपनको फाइनलमा पराजित भएका थिए। त्यसको चार महिनापछि यस जोड़ीले लगातार दोस्रो ग्राउण्ड स्ल्यामको सेमिफाइनलमा स्थान बनायो। बोपन्नाले यस जीतको साथै सबै ग्राण्ड स्ल्याममा कम्तीमा सेमिफाइनलसम्म पुग्ने रेकर्ड पनि बनाए। बोपन्ना र एबडेनको दोस्रो वरीयता प्राप्त जोड़ीले सेमिफाइनलमा चीनका झांग झिझेन र चेक गणराज्यका टोमस मचाकको जोड़ी विरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement