नयाँ दिल्ली, २४ जनवरीः एएफसी एशियन कपको म्याचमा भारतीय फूटबल टीमले सीरिया विरुद्ध हारको सामना गर्नु पऱ्यो। यो भारतको ग्रुपको तेस्रो तथा अन्तिम म्याच थियो। मंगलवार राति खेलिएको म्याचमा भारतलाई सीरियाले ०-१-ले पराजित गऱ्यो। यस हारको साथै भारत टुर्नामेण्टबाट बाहिर भयो। ग्रुप बी-मा सुनिल छेत्रीको कप्तानीमा रहने टीम फेदमा रह्यो। भारतले एउटा म्याच पनि जित्न सकेन। सीरियाको तर्फबाट म्याचको एकमात्र गोल उमर खरिबीनले दर्ता गरे। एएफसी एशियन कपको सबै ग्रुपबाट शीर्षमा रहने दुईवटा टीमले प्री-क्वार्टर फाइनल राउण्डमा स्थान बनाउँछ जबकि ग्रुपको तेस्रो स्थानमा रहने सर्वश्रेष्ठ चारवटा टीमलाई पनि अन्तिम १६ चरणमा स्थान प्राप्त हुन्छ। तीनवटा म्याचमा ६ गोल खाने भारतीय टीमको गोल औसत चरम निराशाजनक रह्यो। भारतले सीरिया विरुद्ध अहिलेसम्म तीनवटा जीत हासिल गरेको थियो। भारतले यस प्रतिद्वन्द्वीलाई २००७, २००९ र २०१२-मा जीत हासिल गरेको थियो। यसबाहेक 2019-को इण्टरकण्टिनेण्टल कपमा यी दुई टीमबीचको म्याच १-१-ले ड्र रहेको थियो। यसपाली पनि भारतीय टीमबाट असल प्रदर्शनको आशा गरिएको थियो तर अन्तमा त्यस्तो केही हुन सकेन। भारतले टुर्नामेण्टको पहिलो म्याचमा अष्ट्रेलिया विरुद्ध २-०-ले अनि दोस्रो म्याचमा उज्बेकिस्तान विरुद्ध ३-०-ले हारको सामना गर्नु परेको थियो।










