६७ जना कृषक गणतन्त्र दिवस समारोहमा भाग लिन दिल्ली प्रस्थान

IMG-20240123-WA0327.jpg

कृषि मन्त्री शर्माले गराए प्रस्थान

गान्तोक: राष्ट्रिय गोकुल मिशन र प्रधानमन्त्री कृषि सिंचाई योजना अन्तर्गत विभिन्न क्षेत्रमा सेवारत सिक्किमका कुल ६७ जना किसानले २६ जनवरीमा नयाँ दिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा सहभागी बन्ने अवसर प्राप्त गरेका छन्।

२६ जनवरीको समारोहका लागि आमन्त्रित किसानहरूलाई आज सिक्किम सरकारको कृषि विभागका मन्त्री लोकनाथ शर्माले भेट गरेर शुभकामना दिनसँगै हरियो झण्डा हल्लाएर उनीहरूलाई गान्तोकबाट दिल्ली प्रस्थान गराए।

यस समारोहका लागि राष्ट्रिय गोकुल मिसन अन्तर्गत पशुहरूको कृतिम गर्भधानमा कार्यतर ४७ जना र विभिन्न क्षेत्रका २० जना प्रगतिशील किसानहरू समावेश छन्। समारोहका लागि आमन्त्रित किसानहरूलाई गान्तोकको कृषि भवनमा सम्बोधन गर्दै मन्त्री लोकनाथ शर्माले सिक्किमका मुख्यमन्त्री पीएस गोलेको नेतत्वमा राष्ट्रिय गोकुल मिशन र प्रधानमन्त्री कृषि सिंचाई योजनामा सिक्किमले उत्कष्ट कार्य गरेका कारण केन्द्र सरकारले यस क्षेत्रमा कार्यरत सिक्किमका किसानहरूलाई गणतन्त्र दिवस समारोहको अवलोकन गर्ने अवसर दिएको बताए।

एसकेएम सरकारले कृषि तथा पशुपालन क्षेत्रलाई धेरै महत्त्व दिएका कारण नै किसानहरूले लगातार सम्मान पाइरहेका उनले बताए। मन्त्री शर्माले सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएका विभिन्न विषयमाथि प्रकाश पारेका थिए। किसानहरूले यसरी गणतन्त्र दिवस समारोहमा भाग लिने अवसर पहिलो पल्ट प्राप्त गरेको उनले बताए। सिक्किमका किसानहरूले यो अवसर प्राप्त गर्नु राज्यकै लागि गौरवशाली अवसर बताउँदै उनले यात्रालाई सार्थक र ज्ञानवर्धक बनाउन किसानहरूलाई आग्रह गरे। यस अवसरमा सिक्किम सरकारको कृषि विभाग र पशुपालन विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। आजदेखि नयाँ दिल्लीको यात्रामा निस्किएका किसानहरू आगामी २८ जनवरीमा सिक्किम फर्किनेछन् भने यत्राका सम्पूर्ण व्यवस्था सरकारले गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement